FAQs Complain Problems

अदानचुली गाउँपालिकाकाे पाँचाैं गाउँसभा सम्पन्न ।

 

अषाढ ११, हुम्ला । हुम्ला जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालीकाको पाँचौ गाउँ सभा सम्पन्न भएको छ । आघिल्लो अर्थिक वर्षमा केहि ढिलो सम्पन्न गरेको अदानचुली गाउँपालीकाले यस वर्ष भने समयमै सम्पन्न गरेको छ ।

गाउँपालीकाको उपाध्यक्षको अनुपस्थितीमा गाउँकार्यपालीकाको निर्णय अनुसार वरिष्ठ वडा सदस्य तथा वडा नं ३ का वडा अध्यक्ष दत्त बिष्टले आगामी आर्थिक वर्ष २०७६।०७७ को प्रस्ताबीत बजेत प्रस्तुत गर्नु भएको गाउँपालीकाका अध्यक्ष दल फडेराले बताउनु भयो ।

बुधबार प्रस्तुत प्रस्ताबित बजेटमा १९ करोड १३ लाख १६ हजार ४ सय रुपैया बिनियोजन गरीएको छ । कुल बिनियोजन मध्ये चालु तर्फ तर्फ १४ करोड ९४ लाख १० हजार अर्थात ७८.०९ प्रतिशत रकम बिनियोजन गरीएको छ भने पुँजीगत तर्फ ४ करोड १९ लाख ६ हजार ४ सय ५० रुपैया अर्थात २१.९१ प््रतिशत रकम बिनियोजन गरेको बताउनु भयो । नेपाल सरकारबाट शशर्त अनुदानबाट प्राप्त रु.८ करोड ११ लाख रुपैया चालु तर्फ राखीएको हुँनाले चालु तर्फ बढि देखीएको पनि बताउनु भयो ।

निति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक मितब्ययीतालाई जोड दिदै सुशासन अभिबृद्धिमा जोड दिइने उल्लेख गरीएको छ । बिभिन्न करका क्षेत्रहरुलाई पहिचान गरी नियमानुसार राजस्व संकलन गरीनेछ, साथै आर्थिक वर्षका अन्त्यमा आएर अषारे बिकास गर्ने परिपार्टीलाई अन्त्य गरी यस आर्थिक वर्षलाई बजेट कार्यान्वयनको वर्षको रुपमा मनाईने अध्यक्ष विष्टले प्रस्तुत बजेट बक्तब्यमा उल्लेख गर्नु भएको छ । अघिल्लो वर्षमा योजनाहरुको काम केहि ढिलाई भएकाले यस वर्ष सुरुमै योजना बनाएर काम थालनी गर्ने पनि बताउनु भयो ।

गाउँपालीकाको आर्थिक कारोबारको प्रचलीत कानुन अनुसार चुस्त दुरुवत लेखाङ्कन गरीने छ ,साथै नियमानुसार आ.ले.प र म.ले.प गरी बार्षिक कृयाकलापहरु त्था आय ब्यायको बिबरण आर्थिक वर्षको अन्त्यमा यथासिघ्र सार्वजनीक सुनुवाईको ब्यबस्था मिलाईने बक्तब्य मार्फत अध्यक्ष बिष्टले बताउनु भयो ।

आर्थिक वर्ष: