FAQs Complain Problems

सामाजिक सुरक्षा भत्तालाई ब्यबस्थीत गर्नको लागि अदानचुली गाउँपालिका र ग्लोबल आई एम ई बैंक बिच संझौता पत्रमा हस्ताक्षर ।

सबै सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउने नेपाल सरकारको नीति बमोजिम अदानचुली गाउँपालिकाको कार्यालय र ग्लोबल आई एम ई बैंक शाखा कार्यालय अदानचुली बीच सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्नेको सम्झौता भएको छ । अदानचुली गाउँपालिकाका नि.प्रमुख प्रसाशकिय अधिकृत तिर्थराज बुढा तथा ग्लोबल आई एम ई बैंक शाखा कार्यालय प्रबन्धक रमेश कुमार रावल बिच सम्झौता पत्रमा हस्तार गरिएको हो । अदानचुली गाउँपालिकाको आयोजना तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको समन्वयमा सो सम्झौता सम्पन्न भएको पञ्जिकरण शाखा प्रमुख अशोक भण्डारी ले जानकारी दिनु भयो । उहाका अनुुुसार अब समाजिक सुरक्षा भत्ता बैक बाटै उपलब्ध गराउनका लागी बैक संग सम्झौता गरिएको बताउनु भएको छ । साथै बैक खाता नखोलेका लाभग्राहीले तुरुन्त खाता खोल्नको लागी अनुरोध समेत गरिएको छ । अहिले सम्म भरपाई मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गरीएकोमा अब बैक मार्फत भत्ता उपलब्ध गराउन लागीरहेको र अब लाभग्राहीले सहज तरिकाले भत्ता पाउने ब्यबस्था गर्न लागी रहेको बताउनु भयो । सम्झौता कार्यक्रममा अदानचुली गाउँपालिका का.बा अध्यक्ष,वडा अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । सो कायैक्रमा बैकका शाखा प्रबन्धक रमेश कुमार रावलले आफुहरुले सामाजिक सुरक्षा बैक मार्फत सहज र सरल तरिकाले सेवा उपलब्ध गराउने बताउनु भयो । बैंकले गाउँपालिकाबाट प्राप्त विवरण बमोजिम लाभग्राहीहरुको नाममा शुन्य मौज्दातमा सामाजिक सुरक्षा बचत खाता खोल्नेछ । ५ वर्ष मुनिका बालबालीकाको हकमा आमा वा संरक्षकबाट खाता संचालन हुनेगरी बचत खाता खोली दिने र आमा वा संरक्षकको दस्तखतबाट खाता संचालन गर्नुपने शाखा प्रमुख भण्डारीले बताउनु भयो । ९० वर्ष वा सो भन्दा बढी उमेरका जेष्ठ नागरिक र रातो कार्ड (क बर्गको) प्राप्त गरेका पूर्ण अपाङ्गता भएका लाभग्राही, अति असक्तता भएको प्रमाणित भएका लाभग्राहीहरुको हकमा सामाजिक सुरक्षा भक्ता वितरण गर्दा बैंक र गाउँपालिकाको समन्वयमा सेवाग्राहीको घरदैलोबाट सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्था मिलाईने पञ्जिकरण शाखा स्राेतले जानकारी दिएको छ ।

आर्थिक वर्ष: