FAQs Complain Problems

अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरा द्वारा अदानचुली स्मारीका नामक पुस्तक बिमाेचन

 

 

अषाढ २, हुम्ला । कर्णाली संस्कृती संरक्षण केन्द्र नामक संस्थाले आज “अदानचुली स्मारीका” नामक पुस्तक बिमोचन गरेको छ । अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेराले उक्त पुस्तक बिमोचन गर्नु भएको छ । हुम्ला जिल्लाको अदानचुली गाउँपालीकामा स्थापीत उक्त संस्था स्थापना भएको केहि महिना मात्र भएको छ । स्थापना काल देखी नै नमुना योग्य काम गर्दै आएकोले यस संस्थालाई अदानचुली गाउँपालीकाले भरपुर सहयोग गर्ने पुस्तक बिमोचन गर्दै अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेराले प्रतिबद्धता जनाउनु भयो साथै यसले समृद्ध अदानचुली निमार्ण गर्न सहयोग पुग्ने पनि बताउनु भयो ।

संस्थाका अध्यक्ष राजबहादुर दानीले केहि महिना अघि देखी करिब ३ सय जनाको भावनालाई समेट्ने गरी आफ्नो पहिचान सहितको लेख रचना लेखाई १८० पृष्ठको “अदानचुली स्मारीका” नामक पुस्तक प्रकासन गरीएको बताउनु भएको छ । उहाँका अनुसार कर्णाली प्रदेशका बिभिन्न राजनितिक दलका नेता,गाउँपालीकाका अध्यक्ष उपाध्यक्षहरुको पनि शुभकामना समेटीएको र धेरै भन्दा धेरै अदानचुली गाउँपालीकाका,कलाक्रमी,ईतिहाँसका साक्षी,राजनितिक दल,जनप्रतिनिधि,शिक्षक बुद्धिजिबि,बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरतहरुको भावना,उहाँहरुले दिएको योगदान,उहाँहरुको शिप,क्षमता र गर्न सक्ने कामहरुको बारेमा समेटेर पुस्तक प्रकासन गरीएको बताए ।
बिमोचन कार्यक्रममा अदानचुली गाउँपालीकाका अधिकांस ब्यक्तित्वहरुको साथै जिल्ला समन्वय समितिका सदस्यहरुको पनि उपस्थिती रहेको उक्त संसथाका सदस्य पर बहादुर थापाले जानकारी दिनु भयो । उहाँका अनुसार आज बिमोचन गरीएको “अदानचुली स्मारीका” नामक पुस्तक संस्थाका सदस्यहरु सँग सम्पर्क गरी लिन सक्ने बताउनु भयो ।

पुष्तक बिमोचन कार्यक्रम सँगै बिभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम पनि गरीएको अध्यक्ष दानीले बताउनु भयो । अध्यक्ष दानीका अनुसार कार्यक्रमलाई आक्रषक बनाउनका लागि मैला देडा,ढाल फुर्का ,पुरुष देउडा,बाजा टिम,हुड्के नाच समेत गरीएको बताए ।

कार्यक्रममा सहभागी भएका कलाक्रमीलाई सहभागीताको आधारमा पुरस्कारको पनि ब्यबस्था गरीएको बताए , आज सम्पन्न कार्यक्रममा करिब २३ हजार बराबरको पुरस्कार बितरण गरीएको छ । आज गरीएको पुरस्कार केहि दिन अघिको जैरको दशरमा पाएको पुरस्कारबाट १० हजार,सर्केगाड गाउँपालीकाका उपाध्यक्षबाट १४ हजार र अदानचुली गाउँपालीका केहि जनप्रतिनिधिहरुले कार्यक्रमका लागि ब्यबस्थापन खर्च भनि दिएको करिब ३६ सय रुपैयाले पुरस्कारको ब्यबस्था गरीएको बताए । उक्त बिमोचन कार्यक्रम अदानचुली गाउँपालीकाको स्वास्थ्य चौकीमा सम्पन्न भयो ।

आर्थिक वर्ष: