FAQs Complain Problems

पञ्जिकरण शाखा अदानचुली द्वारा सामाजिक सुरक्षा तथा ब्यत्तिगत घटनादर्ता सम्बन्धी अभिमुखिकरण साथै ३दिने तालिम सम्पन्न ।

 

 पञ्जिकरण शाखा अदानचुली द्वारा सामाजिक सुरक्षा तथा  ब्यत्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण अायाेजना अन्तर्गत १ दिनकाे अभिमुखिकरण तथा   वडा स्तरिय पंजीकाधिकारीलाइ सामाजिक सुरक्षा तथा  व्यत्तिगत घटना दर्ता सम्बन्धी ३ दिने  तालिम सफलताका साथ सम्पन्न  भएकाे छ ।

 

प्रशिक्षण कार्यक्रममा व्यत्तिगत घटना दर्ता अन्तर्गतका जन्म ,मृत्यु ,विवाह , सम्वन्ध विच्छेद र बसाइसराइ कसरी गर्ने , दर्ता गर्दा अाइपर्ने व्यावहारीक समाधान तथा एम .अाइ .एस मा समाधान गर्नकाे लागी प्रष्ट पारिएकाे थियाे ।

साथै सामाजिक सुरक्षाकाे लागी नयाँ दर्ता कसरी गर्ने , नविकरण , लगतकट्टा , दर्ता प्रमाणीकरण लगाएत सिस्टमकाे  बारे वडाका पंजिकाधिकारीलाइ प्रष्ट पारिएकाे थियाे । साे तालिम एम .अाइ.एस अपरेटर अशाेक भण्डारीले दिनुभएकाे थियाे साथै सहजिकरण फिल्ड सहायक नन्दराज शर्मा र धनकृष्ण फडेराले गरेका थिए । सामाजिक सुरक्षा तथा  ब्यत्तिगत घटना दर्ता प्रणाली सुदृणीकरण अायाेजनामा विभागकाे कार्यान्वयन कार्ययाेजना अनुसार वडा नं. १ देखि ६ वडाका  पंजिकाधिकारीलाइ प्रशिक्षण दिएकाे शाखा प्रमुख अशाेक भण्डारीले जानकारी दिनुभएकाे थियाे । साथै उहाँका अनुसार अब सामाजिक सुरक्षा तथा  ब्यत्तिगत घटनालाइ व्यावस्थित तरिकाले लैजाने र अब छिटै सबै सिस्टमलाइ अनलाइन प्रणालीमा लैजाने बताउनु भयाे । अव देखि सिस्टममा केहि समस्या अाएमा अथवा दर्ता प्रणालीमा काम गर्दा समस्या अाएमा शाखामा जानकारी दिने भनिएकाे थियाे । अहिले शाखामा  डिजिटाइजेशन , सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरूकाे पहिचान , छुटेकाहरूकाे दर्ता ,दाेहाेराे दर्ता भएका लाभग्राहीहरूकाे हटाउने लगाएतकाे कामहरू भइरहेकाे शाखाले जानकारी  दिएकाे छ । अाउँदाे मंशिर देखि घटना दर्तालाइ अनलाइन तथा सामाजिक सुरक्षा भत्तालाइ बैंकिङ्ग प्रणालीमा लैजानकाे लागी शाखाले निरन्तर कार्य अगाडी बढाइरहेकाे छ ।

आर्थिक वर्ष: