FAQs Complain Problems

अदानचुली गाउँपालिकाकाे संक्षिप्त परिचय

नेपालकाे कर्णाली प्रदेश अन्तरगर्त पर्ने हुम्ला जिल्लाकाे दक्षिण भागमा अदानचुली गाउँपालिका अवस्थित छ । नेपालकाे सविधान २०७२ काे धारा २९५ काे उपधारा (३) वमाेजिम कायम भएका स्थानिय तहहरू मध्ये अदानचुली गाउँपालिका पनी एक हाे । यसकाे पूर्व र उत्तरमा सर्केगाड गाउँपालिका , पश्चिम र दक्षिणमा ताजाकाेट गाउँपालिका रहेका छन ।साविकका दुर्इ वटा गा.वि.स हरू श्रीनगर र कालीका मिलेर वनेकाे यस गाउँपालिकामा छ वटा वडाहरू रहेका छन । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाकाे कुल जनसंख्या ७११६ रहेकाे छ भने यसकाे क्षेत्रफल १५०.६१ वर्ग कि . मि रहेकाे छ । यस गाउँपालिकाकाे जनघनत्व ४७ जना प्रति वर्ग कि.मि  रहेकाे छ । सून्दर प्राकृतिक वनाेट , जैविक विविधताका साथै पर्यटन व्यावसायले समेत भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेकाे  छ । यस गाउँपालिकाकाे केन्द्र साविककाे श्रीनगर गा.वि.स मा रहेकाे छ । स्थानिय तह गठन पछिको पहिलो निर्वाचन सम्पन भई अस्थायी कार्यलयहरुमा निर्वाचित जनप्रतिनिधीहरु वाट प्रभावकारी सेवा प्रवाह भइरहेको छl  यस गाउँपालिका ले प्रविधिमैत्री सेवामा जोड दिई छिटो र छरितो सेवा प्रदान गर्दे अाएकाे छ ।