FAQs Complain Problems

काठको पिर्कामा बसेर खेलाडीलाई अध्यक्षले दिए सलामी

असोज २३ हुम्ला । हुम्ला जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालीकामा फुटबल प्रतियोगिताको आयोजना भएको छ । अदानचुली युवा क्लबले आयोजना गरेको खुला पुरुष फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । अदानचुली गाउँपालीकाको आर्थिक सहयोगमा सञ्चालन हुँन गैरहेको प्रतियोगितामा अदानचुली गाउँपालीका अध्यक्ष दल फडेराले खेलाडीलाई पिर्कामा बसेर सलामी दिएका छन् ।

अदानचुली युवा कलबले आयोजना गरेको फुटबल प्रतियोगिताको अदानचुली गाउँपालीकाका अध्यष दल फडेराले उद्धघाटन गरे । खेलको उद्धघाटन लगत्तै गाउँपालीकाका अध्यक्षले सम्पुर्ण खेलाडीलाई सलामी अर्पण गरे । सलामी अर्फण गरे पश्चात कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेराले फुटबल खेलका एम्पाएरहरुलाई खेललाई निष्पक्ष र मर्यादित बनाउन सपतग्रहण गराए । एम्पाएरलाई सपतग्रहण गराए पश्चात एम्पाएर प्रमुख लोकेन्द्र भण्डारीले खेलमा सहभागी भएका खेलाडीहरुलाई खेलमा हुँने अनुसासन र निष्पक्षताका साथै एउटै नियममा डोर्याउनको लागि सपथ ग्रहण गराए ।

शुभकामना मन्तब्य दिदै नेकपा अदानचुली गाउँ कमिटिका अध्यक्ष हरीदल पुनले खेल भनेको मित्रताको नाम्लोहो खेल जगतले मित्रतालाई अगाडी बढाउँ छ । तर यता कता रिसिबीको रुपमा लिने देखीएकाले यस्तो नहोस् भन्ने सुझाब दिए । बिकास अनुशासन र गतिशिलता भन्ने शब्दलाई आत्मसाथ गरी खेल प्रदशन गर्न अध्यक्ष फडेराले आग्रह गर्नु भयो ।

दुगम हिमाली जिल्लाको दक्षिणी भेगमा आयोजना भएको खेलमा जम्मा ९ वटा टिम दर्ता भएको अदानचुली युवा क्लवका अध्यक्ष धनराम फडेराले जानकारी दिए । जसमा जनप्रिय युवा क्लव सर्केगाड २ रिप, रोयल कि¨ युवा क्लव सोरु मुगु, श्रीनगर एफसि अदानचुलि २का ए र बि ,दलित शसक्ती करण केन्द्र अदानचुली ३ ,कर्णाली युवा क्लव सोरु गाउपालिका वडान ३ भिई , थ्रि हिमालय एफसि अदाचनुलि ३ , थ्रि स्टार युवा क्लव अदानचुलि ३ का टिमहरु दर्ता भएको बताए । खेल शुक्रबार बाट सुरु गरी आईतबार सम्पन्न गर्ने तयारी भैरहेको बताए ।

आर्थिक वर्ष: