FAQs Complain Problems

ग्रामिण सडक निर्माण पछि स्थानियतहमा लाइ हस्तान्तरण

अदानचुली गाउँपालिकाका प्रमुख दल फडेरा र परियोजना जिल्ला टिम लिडर बिष्णु प्रसाद खरेल

 

ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (RAP3)ले सडक निर्माण सम्पन्न पछि अदानचुली गाउँपालिका लाई हस्तान्तरण गरेको छ । हुम्लाको अदानचुली गाउँपालिका अन्तरगत साविकको श्रीनगर गाविस गल्फागाढ हुँदै कालिकागाउँ सम्म १२ दशमल २ किलोमिटर निमार्ण गरेको हो ।
शुक्रबार एक औपचारिक कार्यक्रमका रुपमा अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरा लाई हस्तान्तरण गरिएको परियोजना जिल्ला टिम लिडर बिष्णु प्रसाद खरेलले बताए ।

राष्ट्रिय सडक संजाल संग नजोडिएको हुम्लाका केहि गाउँपालिका भित्र रहेका अन्तरीक सडक निर्माण ¥र्याप थ्री गर्दे आएको छ । अक्टोबर २०१३ बाट सुरु भई डिसेम्बर २०१८ मा उच्च प्राबिधिक मापदण्ड सहित सम्पन्न भएको प्रमुख ले बताए ।
गाउँपालिकाको मुख्य बस्तीहरु हुदै १ हजार ३ सय ६३ घरधुरीका करीब ८ हजार ८ सय ९५ जनसंख्या, २३ वटा बिभिन्न तहका बिद्यालय २ स्वास्थ्य संस्थामा सडक जोडिएको समेत सार्वजनिक गरेको छ ।

बेलायत सरकारको आर्थिक अनुदानमा बेलायती परामर्शदाता आईएमसी वल्डवाईडको ब्यबस्थापन एवं सुपरीपबेक्षणमा कार्यक्रमले समुदायमा ज्याला बापत ३१ करोड २१ लाख ९३ हजार १ सय ११ रुपियाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । श्रममा आधारित वातवरण मैत्री यो सडक पाँच बर्ष दुई महिनाको समयाबधिमा निर्माण कार्य सम्पन्न गरेको छ ।

आर्थिक वर्ष: