FAQs Complain Problems

अदानचुलीको निर्णय:, 'अब टुक्रे योजनामा बजेट विनियोजन हुन्न'

शनिवार, पुष २८, २०७५

सुरेन्द्र फडेरा

सुचना प्रविधि अधिकृत

 अदानचुली गाउँपालिका, हुम्ला

 

पुस २८, श्रीनगर (हुम्ला) । ठूला योजनालाई प्राथमिकता दिने निर्णय गर्दै बुधबारबाट जारी अदानचुली गाउँपालिकाको गाउँकार्यपालिका बैठक आज सम्मपन्न भएको छ ।

गाउँपालिका अध्यक्ष दल फडेराको अध्यक्षतामा बसेको बैठले चालु आर्थिक वर्षमा साना टुक्रे योजना भन्दा ठूला र परिणाम आउने खाले योजनाको कार्यान्वनमा जोड दिने निर्णइ गरेको छ ।

गाउँपालिकाका ६ वटै वडाबाट चार सय भन्दा बढी योजनाको माग भई लिखित आवेदन परेकोमा कार्यपासलका बैठकले त्यसको स्थलगत अध्ययनका आधारमा प्राथमिकिकरण गर्ने र सोही अनुशार कार्यान्वयनमा आउने योजनाको वर्गिकरण गर्ने निर्ण भएको अध्यक्ष दल फडेराले बताए ।

समृद्ध अदानचुली सुखि अदानचुलीवासी भन्ने मुल मर्मका साथ आप्mना वार्षिक कार्यक्रम अघि बढाएको बताएका अध्यक्ष फडेराले नेपालबोटसँग भने, हामीले उत्पदानमुलक क्षेत्र र परिणाममूखि कामका लागि यो वर्ष वडामा कम्तीमा एक योजना पर्ने गरेर रकम विनियोजन गर्ने नीति पारित गरेका छौं । पालिकाको बजेट समेत सोही अनुशार विनियोजन भएको छ ।

गाउँमा साना देखि व्यक्ती केन्द्रित योजाका चांगलाई कम प्राथमितामा राख्ने बताएका अध्यक्ष फडेराले परणाम नआउने योजनालाई यो वर्ष अघि नबढाउने बताए ।

आर्थिक वर्ष: