FAQs Complain Problems

समाचार

अध्यक्ष सँग नागरीक कार्यक्रम मार्फत बल/ङकेट र जकेट बितरण

 गाउँपालिका अध्यक्ष दल फडेरा एकल महिला लाइ बलाङकेट वितरण गर्दै ।अध्यक्ष सँग नागरीक कार्यक्रमकाे वडा नं  १ मा लिइएकाे तस्वीर

अषाढ ५,हुम्ला । अध्यक्ष सँग नागरीक कार्यक्रम मार्फत बलाङकेट र जकेट बितरण भएको छ । अदानचुली गाउँपालीकाको गएको गाउँ परिषदले नागरीक सँग अध्यक्ष र दिदि बहिनी सँग उपाध्यक्ष कार्यक्रम गर्ने निति तथा कार्यक्रममा उल्लेख गरे अनुसारको रकम बिनियोजन गरेको थियो । सोही अनुसार अध्यक्षले र उपाध्यक्षले छुट्टा छुट्टै कार्यक्रम सञ्चालन गरेका छन् ।

नागरीक सँग अध्यक्ष कार्यक्रम मार्फत अदानचुली गाउँपालीका जेष्ठ नागरीक , एकल महिला, एकल पुरुष,अपांगता भएका ब्यक्ति,गरिब,दलीत तथा जेहेन्दार नागरीकलाई अबस्था र आबश्यकता हेरी जकेट र बलाङकेट बितरण गरीएको गाउँपालीकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।

६ वटा वडा भएको उक्त गाउँपालीकामा १, २,३ र ४ वडामा बितरण भैसकेको र बाँकी दुइ वडामा पनि तत्काल बितरण गरीने बताउनु भयो , उहाँका अनुसार बितरण गर्ने सामाग्री सबै गाउँपालीकामा पुगि सकेको र ५ र ६ का लागि सम्बन्धीत वडामा सामग्री पुगि सकेको पनि बताउनु भयो । अदानचुली गाउँपालीकाका सबै घरधुरीलाई समेट्ने गरी बितरण गर्ने प्रयास गरेको पनि उहाँले बताए ।

यता दिदि बहिनी सँग उपाध्यक्ष कार्यक्रम पनि सम्पन्न भएको छ । प्रत्येक वडाका ८० जना महिलालाई १।१ दिने जनचेतनामुलक  गरी सम्पन्न भएको छ । गाउँपालीकाका कर्मचारीहरु परिचालन गरी प्रशिक्षण दिएको थियो ।

आर्थिक वर्ष: